बीएसएफले भारत-बांग्लादेश सीमाबाट एक भारतीय युवकलाई समायो

00-1-Chhetriya-Samachar-5

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ६औं बटालियन बीएसएफको बर्डर आउट पोस्ट (बीओपी) तरूणको सीमा जवानहरूले एक भारतीय युवकलाई समाएका छन्। पक्रा परेको युवकको नाम सोहेल हसन (२४) बताइएको छ।

प्राप्त जानकारी अनुसार, भारतीय युवकलाई त्यस समय समाइयो जब उसले बांग्लादेशबाट अवैध रूपमा भारतमा सीमामा पस्ने प्रयास गरिरहेको थियो। पक्रा परेको युवकदेखि दुई हजार ६५ रूपियाँ, एक मोबाइल तथा एक भारतीय पासपोर्ट उद्धार गरिएको छ। सोधपुछमा युवकले बतायो, उसले बांग्लादेशमा एमबीबीएसको पढ़ाई गरिरहेछ र उसको भीसा समाप्त भएको छ। यसैले उसले आगामी ईद-उल-जुहाको मध्यनजर आफ्नो परिवारसित भेट गर्न अवैध रूपमा भारत आउने प्रयास गरिरहेको थियो। पक्रा परेको भारतीय युवकलाई जफत गरिएको समानहरूको साथ कुचलीबारी थानालाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement