भगवान शिवले २९ जूनदेखि सृष्टिको सत्ताको सञ्चालन गर्ने

00-1-Rashtriya-Samachar-24

हरिद्वारः पंचाग गणना अनुसार बिहिवार २९ जूनमा भगवान विष्णु योग निद्रामा गएको कारण सृष्टिको सत्ताको हस्तान्तरण आगामी चार महिनाको निम्ति भगवान शिवले गर्नेछन्। २९ जूनमा देवशयनी एकदशी हो। देवशयनी एकादशीको साथै भगवान विष्णु योग निद्रामा जानेछन् र आगामी चार महिनासम्म पातालको सत्ता सम्हाल्नेछन्। यसका साथै श्रावण महिना लाग्नसाथ भगवान शिवले श्रावणमा आफ्नो ससुराली कनखल स्थित श्री दक्षेश्वर महादेव मन्दिरमा निवास गर्नेछन्।

देवशयनी एकादशीको साथ सबै प्रकारका मांगलिक कार्यहरूमा पनि विराम लाग्नेछ। देवशयनी एकादशीदेखि देवउठनी एकादशीसम्म भगवान विष्णुले विश्राम गर्नेछन्। देवउठनी एकादशमी यस पाली २३ नोभेम्बरमा हुनेछ। देवशयनी एकादशीका साथै चातुर्मास शुरू हुनेछ। पं. देवेन्द्र शुक्ल शास्त्री अनुसार, यस एकादशीदेखि भगवान भोलेनाथले सृष्टिको पालन गर्छन्। यसैले एकादशीमा भगवान शिवको पनि विशेष पूजा गर्नुपर्छ। देवशयनी एकादशमीमा गंगा वा कुनै नदीमा स्नान गर्ने महत्व पनि छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement