महिलाको हत्या गरी शवलाई खाड़लमा दफनाइयो, आरोपित पक्राउ

00-1-Rashtriya-Samachar-24

शोणितपुरः शोणितपुर जिल्ला मुख्यालय तेजपुरमा चानमारी रेलवे फाटक नजिक एक रिक्शाचालकले घरमा काम गर्ने नौकरानीको हत्या गरी दफ्नाएको मामिला अघि आएको छ। पुलिसले मंगलवार बिहान उक्त आरोपितको घरको परिसरमा जमीन खनेर शव उद्धार गरेको छ। पुलिसले आरोपितलाई पक्राउ गरेको छ।

चानमारी रेलवे फाटक छेउ राजू ऐच नाम गरेको एक रिक्शाचालक बस्नेगर्दछ। उसको घरमा एक महिला नौकरानीको रूपमा काम गर्नेगर्थिन् र त्यही बस्थिन्। पेशाले रिक्शा चालक राजू ऐच धेरै जसो नशामा धुत रहनेगर्दछ। महिला कहिलेदेखि उसको आवासमा बसिरहेकी थिइन्, यसबारे कुनै जानकारी छैन। अर्कोतिर, उसकी पत्नी पनि उसलाई छोड़ेर माइतामा बस्छिन्। महिलाको हत्या गरी राजूले उसको शवलाई आफ्नो घरको आंगनमै दफनाएको आरोप छ। घटनाको जानकारी पाउनसाथ पुलिसले मङ्गलवार बिहान आरोपितको घरको परिसरमा जमीन खनेर शव उद्धार गऱ्यो औं पोस्टमार्टमको निम्ति अस्पताल पठाएको छ। आरोपितलाई लालमाटी पुलिसले पक्राउ गरेको छ।

जानकारी अनुसार, महिलाको हत्या गरी उसलई लगभग तीन-चार दिन अगावै दफनाइएको थियो। स्थानीय मानिसहरूले बताए, हत्याको आरोपित राजू ऐच मानसिक रूपमा विक्षिप्त छ र स्थानीय मानिसहरूको साथ बिना कारण झगड़ा गर्नेगर्थ्यो। पुलिसले केस दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement