ग्याङ्ग्स्टर गोल्डी बरारले भाईजानलाई फेरि मार्ने धमकी दियो

00-1-Rashtriya-Samachar-24

मुम्बईः बलीवुडका दबङ्ग सलमान खानलाई एक पल्ट फेरि ज्यानले मार्ने धमकी दिइएको छ। पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यारा कुख्यात ग्याङ्ग्स्टर सतविन्दर सिंह उर्फ गोल्डी बरारले सलमान खानलाई ज्यानले मार्ने धमकी दिएको छ। उसको गुटले नै सिद्धू मूसेवालाको हत्या गरेको पनि उसले स्वीकार गरेको छ।

मीडियासित कुरा गर्दै गोल्डी बरारले भन्यो, हामी उसलाई अवश्य मार्नेछौं। लरेन्स बिश्नोईले उसलाई माफी माग्नलाई भन्छन् तर उसले माफी माग्दैन। हामीले पहिले नै भनेका छौं, जो पनि हाम्रो शत्रु हो, हामी उसलाई मार्नेछौं। सलमान हाम्रो तारोमा छ।

गोल्डी बरारले सिद्धू मूसेवालाको हत्याको पछाड़ीको कारण पनि बतायो, मूसेवाला एकदमै घमण्डी र बिग्रिएको थियो र त्यससित आवश्यकताभन्दा धेरै पैसा थियो। त्यससित पनि राजनीतिक र पुलिस शक्ति थियो, जसको त्यसले दुरूपयोग गऱ्यो, यसैले त्यसलाई पाठ पढ़ाउने आवश्यकता थियो।

यसअघि पनि सलमान खानलाई धेरै पल्ट ज्यानले मार्ने धमकी दिइएको छ। लगातार पाइरहेको धमकीहरूले गर्दा मुम्बई पुलिसले सलमान खानलाई वाई केटेगरीको सुरक्षा प्रदान गरेको छ। केही दिनअघि सलमानले सेफ्टीको निम्ति बुलेटप्रूफ कार पनि किनेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement