एनएफ रेलवे कर्मचारी युनियनले नयाँ पेन्सन योजना खारेज र रेलवेको निजीकरणको मागको विरुद्ध आवाज

586807e8-c3de-47cc-9188-9fe97fdce6ac

सिलगढी: एनएफ रेलवे कर्मचारी युनियनले नयाँ पेन्सन योजना खारेज गर्न माग गर्दै रेलवेको निजीकरणको विरुद्धमा आन्दोलन गरिरहेको छ। एनएफ रेलवे कर्मचारी युनियनका महासचिव मुनिन्द्र सैकियाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। मङ्गलबार दिउँसो नयाँ जलपाइगढी क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा एनएफ रेलवे कर्मचारी युनियनका महासचिव मुनिन्द्र सैकियाले नयाँ पेन्सन योजनाका कारण रेलवे मजदुरहरूले धेरै समस्याको सामना गरिरहेको बताए। तिनीहरूको भविष्यको कुनै ग्यारेन्टी छैन। यसबाहेक रेलवेको निजीकरणका कारण कर्मचारी मात्र होइन, रेल यात्रीले पनि विभिन्न समस्या भोग्नु पर्नेछ। त्यही भएर उनीहरूले आफ्ना मागलाई लिएर आन्दोलन सुरु गरेका हुन्। उनीहरूले विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्नेछन्। आज पत्रकार सम्मेलन गरेर उनको आन्दोलन सुरु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement