माफिया अतीककी बहिनीले ढकढकाइन् सर्वोच्च अदालतको दैलो

Supreme-Court-4

नयाँ दिल्ली: माफिया अतीक अहमदकी बहिनी आयशा नूरीले सर्वोच्च अदालतको दैलो ढकढकाएकी छिन्। आयशाले याचिका दर्ता गरेर उनका दुई भाई अतीक अहमद र अशरफको पुलिस हिरासतमा भएको हत्याको जाँचको निम्ति सर्वोच्च अदालत अथवा उच्च अदालतका रिटायर्ड जजको अध्यक्षतामा आयोग गठन गरियोस् भनी माग गरेकी छिन्। सर्वोच्च अदालतले यस मामिलामा ३ जुलाईमा सुनवाई गर्नेछ। वकिल विशाल तिवारीले सर्वोच्च अदालतका रिटायर्ड जजको निगरानीमा कमिटी गठन गरेर जाँचको माग गरेका छन्। उनको याचिकामा सर्वोच्च अदालतले २८ अप्रेलका दिन उत्तर प्रदेशलाई हलफनामा बुझाउन आदेश दिएको थियो।

अदालतले अतीक र अशरफको मेडिकल गर्न हिड़ाएर किन अस्पताल लिएर गएको भनी उत्तर प्रदेश सरकारसॅंग प्रश्न सोधेको थियो। उत्तर प्रदेश सरकारले विकास दुबे एनकाउण्टरको जाँचको निम्ति गठित जस्टिस बीएस चौहान आयोगको रिपोर्टको आधारमा के कदम उठाइयो, यसको पनि जवाफ दिनुछ। यसैगरी, अदालतले अतीकको छोरा असदको एनकाउण्टरको बारेमा पनि यूपी सरकारलाई जवाफ बुझाउन निर्देश दिएको छ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *