टमाटरले बिगाऱ्यो भान्साको बजेट, खुदरा भाव १२० रूपियाँ प्रति किलो

00-1-Tomato

नयाँ दिल्ली: मनसून शुरू हुनसाथ सब्जीहरूको दरमा भारी वृद्धि भएको छ। टमाटरको बढ्दो दरले त भान्साको बजेट नै बिगारेर राखेको छ। बजारमा टमाटरको खुदरा दर १००-१२० रूपियाँ प्रति किलोसम्म पुगेको छ जबकि थोक दरहरू ६०-८० रूपियाँ प्रति किलोसम्म छ।

अजादपुर मन्डी स्थित टमाटरको थोक कारोबारी अशोक प्रधानले मंगलबार जानकारी गराए, भीषण गर्मी, कम उत्पादन र भारी वर्षाको कारण टमाटरको फसल खराब भएको छ, यसैले यसको दरमा भारी वृद्धि देखिएको छ। थोकमा टमाटर ६०-८० रूपियाँ प्रति किलो बिक्री भइरहेछ। वस्तुतः मईमा १०-२० रूपियाँ प्रति किलोको दरले बिक्री हुने टमाटर खुदरामा १००-१२० रूपियाँ प्रति किलोसम्म पुगेको छ। उनले थप भने, ‘हरियाणा र उत्तर प्रदेश जस्ता छिमेकी राज्यहरूबाट यसको आपूर्ति बाधित हुँदा दिल्ली-एनसीआरमा टमाटरको दरमा वृद्धि भएको छ। अहिले हिमाचलमा भारी वर्षाको कारण टमाटर पनि कम्ती आइरहेछ। टमाटरको बिरूवा हालमा परेको पानीले गर्दा क्षतिग्रस्त भएको छ। मई महिनामा किसानहरूले टमाटरको भाव ५ रूपियाँ प्रति किलो पनि पाइरहेका थिएनन्, जसपछि उनीहरूले आफ्नो फसलमा ध्यान दिएनन्l’ –हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *