२८ जूनः शीर्ष वरीयता प्राप्त नोवाक जोकोविचले विम्बल्डन टेनिस च्याम्पियनशीपमा क्वोन सून-वू विरुद्ध जीतको साथ पुरुष एकलमा आफ्नो अभियान शुरु गरे। एटीपी ऱ्याङकिङमा तेस्रो स्थानमा रहने सर्बियाका स्टार खेलाड़ी जोकोविचले सेण्टर कोर्टमा २ घण्टा २७ मिनटसम्म चलेको पहिलो राउण्डको म्याचमा कोरियाका सून-वू-लाई ६-३, ३-६, ६-३, ६-४-ले पराजित गरे। विश्व ऱ्याङकिङमा ८१औं स्थानमा रहने कोरियाई खेलाड़ीले तीनपल्टका गत विजेता खेलाड़ीलाई दोस्रो सेटमा कड़ा चुनौती दिए तर आफ्नो सातौं विम्बल्डन खिताब जित्न ओर्लिने जोकोविचले अघिल्लो दुईवटा सेटमा सून-वू-लाई कुनै मौका दिएनन्। अल ईंग्ल्याण्ड क्लबमा जोकोविचको यो ८०औं जीत हो अनि उनी चारैवटा ग्राण्ड स्ल्याममा ८० या त्यसभन्दा अधिक म्याच जित्ने पुरुष र महिला वर्गका पहिलो खेलाड़ी बनेका छन्। विम्बल्डनमा सर्वाधिकपल्ट खिताब जित्ने रेकर्ड स्विट्जरल्याण्डका रोजर फेडररको नाममा रहेको छ। उनले आठपल्ट खिताब जितेका छन्। यसरी नै जोकोविचले अहिलेसम्म ६ पल्ट विम्बल्डनको ट्रफी जितिसकेका छन्। अहिले उनी पीट सम्प्रास र विलियम रेनश-सँग दोस्रो स्थानमा रहेका छन्। विम्बल्डनमा जोकोविचसँग २१औं ग्राण्ड स्ल्याम खिताब जित्ने मौका पनि रहनेछ। पुरुषहरूमा सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्ने रेकर्ड स्पेनका रफायल नडाल (२२)-को नाममा रहेको छ। फेडरर र जोकोविच २०-२० वटा खिताबको साथ दोस्रो स्थानमा रहेका छन्।
महिला एकलमा तेस्रो वरीयता प्राप्त औंस जब्योर र एलिसन रिस्के पनि दोस्रो राउण्डमा पुग्न सफल भइन्। अमेरिकाकी २८औं वरीयता प्राप्त रिस्केले स्विट्जरल्याण्डकी यलेना इन-अलबोनलाई सजिलै ६-२, ६-२-ले पराजित गरिन्। यसरी नै ट्यूनिशियाकी जब्योरले स्वीडेनकी क्वालीफायर मिर्जम ब्योर्कलुंड विरुद्ध एकतर्फी म्याचमा ६-१, ६-३-ले जीत हासिल गरिन्।









