पञ्चायत चुनावमा कुनै राजनैतिक पार्टीलाई नहेरेर गाउँको सचेत र योग्य व्यक्तिलाई भोट दिएर जिताउने पेम्बा रिम्पोर्छेको आह्वान्

IMG-20230627-WA0284.jpg

खरसाङ: आगामी पञ्चायत चुनावमा कुनै राजनैतिक पार्टीलाई नहेरेर गाउँको सचेत र योग्य व्यक्तिलाई भोट दिएर जिताउने आह्वान् बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गरेका छन्। उनले पहाड़ बचाउनु हो भने मैनबत्ती हटाउनुपर्छ अनि गाउँको विकास गर्न सक्ने योग्य व्यक्तिलाई चुनावमा जिताउनपर्छ भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै पहाड़मा हरेक कुरामा राजनीति हुन्छ तर पञ्चायत चुनाव भनेको ठाउँ घरको विकास गर्ने चुनाव हो भनी बताएका छन्। रिम्पोर्छेले खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा भाजपाले ग्राम पञ्चायत सदस्य र पञ्चायत समितिहरूमा जम्मा 108 जना प्रार्थीहरू उठाएको बताएका छन् अनि सबै प्रार्थीहरूका पक्षमा चुनाव प्रचार पनि भईरहेको बताएका छन्। एक प्रश्नको उत्तरमा उनले पञ्चायत चुनावको प्रार्थीहरूका पक्षमा स्वयं सांसद राजु विष्ट गाउँ गाउँ पुगेर चुनाव प्रचार गरिरहेको जानकारी गराएका छन् भने एकजना राजनीतिक दलको तर्फबाट भन्नु पर्दा हाम्रो 108 जनामा सबैजना नै बिजयी हुने कुरामा आशावादी रहेको बताएका छन्। रिम्पोर्छेले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा सिमरिङ र मालुटार क्षेत्रमा चुनाव प्रचार गरिरहेको विषयमा प्रतिक्रिया दिन्दै गाउँमा वर्षौंदेखि मानिसहरूले दु:ख भोगिरहेका छन् तर चुनावको समयमा मात्र यसरी के के गर्छु भन्दै भोट मागेर हुँदैन भनी बताएका छन्। उनले जनतालाई आह्वान् गर्दै नेताको पुच्छरे र धिपौरेहरूलाई होइन तर गाउँको विकास गर्ने योग्य र सचेत व्यक्तिलाई भोट दिएर जिताउने आह्वान् गरेका छन्। उनले भागोप्रमोको सतीश पोखरेल र प्रमोस्कर ब्लोनले दिएको कतिवटा कमेन्टहरू विषयमा पनि प्रतिक्रिया दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement