राज्य स्तरीय बक्सिङ प्रतियोगितामा कालेबुङ जिल्लाका ३ जना खेलाडी गोल्ड मेडल जित्न सफल

SP.jpg

कालेबुङ: पुरुलिया जिल्ला बक्सिङ एसोसिएसनको आयोजनामा गत २३ जुनदेखि २५ जुनसम्म सम्पन्न भएको राज्य स्तरीय जुनियर बक्सिङ प्रतियोगितामा कालेबुङ जिल्लाबाट प्रशिक्षक सञ्जीव गुरुङ अनि म्यानेजर सचिन फुलाङग्रेको नेतृत्वमा ९ जना खेलाडीले भाग लिएको थियो। तीमध्ये ६ जना क्रमैले केटाहरू जुलियस गिरी (४८-५० केजी), शिव कार्की (४४-४६ केजी) र प्रणिश परियार (५७-६०केजी) वर्गमा फाइनलमा पुगेका थिए भने केटीहरूमा करूणा राई (४४-४६ केजी), याङ्गछेन तामाङ (४८-५० केजी) र अञ्जली राई (५२ -५४केजी) वर्गमा फाइनलमा पुगेकी थिइन्। जसमा केटाहरूमा जुलियस गिरीले गोल्ड, शिव कार्कीले सिल्वर अनि प्रणिश परियारले सिल्वर मेडल जितेका छन् भने केटीहरूमा करूणा राईले गोल्ड, याङ्गछेन तामाङले सिल्वर अनि अञ्जली राईले गोल्ड मेडल जित्न सफल बनेकी बताइएको छ।

उक्त प्रतियोगिताका गोल्ड मेडल विजेताहरूलाई राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति चयन गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement