सिलगढ़ी: भारतीय जाली भोटर कार्ड र आधार कार्डको साथ एक नेपालका युवकलाई नक्सलबारी थाना पुलिसले सोमबार राति पक्राउ गरेको छ। पक्रा परेको आरोपितको नाम गोपाल खड़का, नेपालको झापा जिल्लाको मेची नगर निवासी बताइएको छ। पुलिस स्रोतहरू अनुसार, गोपाल खड़काले आधारको साथ भारतीय भोटर कार्ड, पासपोर्टको निम्ति आवेदन गरेका थियो। सोमबार युवक पासपोर्ट दस्तावेजको जाँचको निम्ति नक्सलबाड़ी थानाअन्तर्गत डीआईबी कार्यालय पुगेको थियो। जाँचमा डीआईबी अधिकारीहरूलाई उसको दस्तावेजहरूमा सन्देह भयो। गहन सोधपुछपछि भारतीय जाली भोटर कार्ड र आधार कार्ड भएको पुष्टि गरियो। युवकदेखि डीआईबीले नेपाली पहिचान पत्र र पासपोर्ट पनि उद्धार गरेको छ। जसपछि डीआईओ (जिल्ला गोप्य अधिकारी) ले त्यस विरूद्ध नक्सलबाड़ी थानामा शिकायत दर्ता गराइयो। दर्ता शिकायतको आधारमा पुलिसले आरोपित नेपाली युवकलाई पक्राउ गरेको छ। नक्सलबारी थाना पुलिस अघिको जाँचमा जुटेको छ।