आईसीसी वनडे वर्ल्ड कपको शेड्यूल जारी, भारत-पाक म्याच १५ अक्टोबरमा

IMG-20230627-WA0241.jpg

२७ जूनः भारतमा यस साल हुने आईसीसी पुरुष वनडे वर्ल्ड कपको शेड्यूल जारी गरियो। ईंग्ल्याण्ड र न्यूजील्याण्डबीच म्याचको साथ ५ अक्टोबरमा वर्ल्ड कपको शुरुवात हुनेछ। टुर्नामेण्टको उद्घाटन म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। फाइनल म्याच पनि यसै मैदानमा १९ नोभेम्बरमा खेलिनेछ। आयोजक भारतले टुर्नामेण्टमा आफ्नो अभियानको शुरुवात ८ अक्टोबरमा अष्ट्रेलिया विरुद्ध गर्नेछ। म्याच चेन्नईमा हुनेछ। सेमिफाइनल म्याचहरू मुम्बई र कलकत्तामा खेलिनेछ। १० वटा टीमबीच ४६ दिनसम्म चल्ने वर्ल्ड कपमा जम्मा ४८ वटा म्याच खेलिनेछ। चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको महासंग्राम १५ अक्टोबरमा नरेन्द्र मोदी स्टेडियममा हुनेछ। भारत र पाकिस्तानको साथमा अफगानिस्तान, अष्ट्रेलिया, ईंग्ल्याण्ड, बंग्लादेश, दक्षिण अफ्रिका र न्यूजील्याण्ड जस्ता आठवटा टीमले १४ मईको कट्अफ् डेटसम्म आईसीसी ऱ्यांकिंगको आधारमा क्वालीफाई गरिसकेको छ। रहल दुईवटा टीमको चयन क्वालीफायरबाट हुनेछ। जिम्बाब्वेमा जारी आईसीसी वर्ल्ड कप क्वालीफायर टुर्नामेण्टबाट दुईवटा टीमको चयन हुनेछ। हरेक टीमले रहल नौवटा टीमको साथ १-१ वटा म्याच खेल्नेछ। यस आधारमा जम्मा ४५ वटा लीग म्याच हुनेछ।
भारतले ८ अक्टोबरमा अष्ट्रेलिया विरुद्ध पहिलो म्याच खेलेपछि ११ अक्टोबरमा अफगानिस्तानको सामना गर्नेछ। त्यसपछि १५ अक्टोबरमा पाकिस्तान, १९ अक्टोबरमा बंग्लादेश, २२ अक्टोबरमा न्यूजील्याण्ड, २९ अक्टोबरमा ईंग्ल्याण्ड, २ नोभेम्बरमा क्वालीफायर टीम, ५ नोभेम्बरमा दक्षिण अफ्रिका अनि ११ नोभेम्बरमा क्वालीफायर टीमसँग म्याच खेल्नेछ। यी म्याचहरू क्रमशः चेन्नई, दिल्ली, अहमदाबाद, पुणे, धर्मशाला, लखनऊ, मुम्बई, कलकत्ता र बेंगलुरुमा खेलिनेछ। यी शहरहरूको साथमा हैदराबाद, तिरुवनन्तपुरम र गुवाहटीमा पनि म्याचहरू खेल्नेछ। टुर्नामेण्ट शुरु हुन अघि वर्ल्ड कप ट्रफीले १८ वटा देशको यात्रा गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement