२७ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा शिक्षा संघ हाई स्कूलले ठूलो अन्तरले जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा मंगलवार खेलिएको दिनको पहिलो म्याचमा शिक्षा संघ हाई स्कूलले सिटी भेल्ली फूटबल क्लबलाई ६-२-ले पराजित गऱ्यो।

ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रतीक राईले २ गोल गरे। यसबाहेक अनिकेत राई, अनिश राई, सफल प्रधान र आयुष थापाले १-१ गोल गरे। यसरी सिटी भेल्ली फूटबल क्लबबाट बिशप शंकरले २ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी पवन थामी र रेमण्ड तामाङले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ।

यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।