अन्तरिक्षबाट छोड़ियो आईसीसी वनडे वर्ल्ड कप ट्रफी

IMG-20230627-WA0162.jpg

२७ जूनः भारतमा यस साल हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को पुरुष वनडे वर्ल्ड कप २०२३ अघि टुर्नामेण्टको ट्रफी यात्राको असाधारण शुरुवात गरियो। ट्रफीलाई अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा असाधारण लेण्डिंग अघि पृथ्वीदेखि एक लाख २० हजार फीट माथि समताप मण्डलमा छोड़ियो। ट्रफीलाई एउटा विशिष्ट स्ट्रेटोस्फेरिक (समतापमण्डलीय) बलुनको साथमा जोड़ियो अनि यस अवधि ४-के क्यामेराद्वारा पृथ्वीको वायुमण्डलको किनारामा ट्रफीको केही आश्चर्यजनक तस्वीरहरू खिचियो। ट्रफीको २०२३-को यात्रा अहिलेसम्मको सबैभन्दा ठूलो हुनेछ, जसमा प्रशंसकहरूले विश्वभरिका विभिन्न देश र शहरहरूमा यस प्रतिष्ठित ट्रफीलाई हेर्ने मौका पाउनेछन्।
आईसीसीको विज्ञप्ति अनुसार, आईसीसी पुरुष वनडे वर्ल्ड कपको ट्रफीले २७ जूनदेखि आयोजक भारत सहित कुवैत, बहरीन, मलेशिया, अमेरिका, नाइजेरिया, युगाण्डा, फ्रान्स, इटली र अमेरिका जस्ता १८ वटा देशको यात्रा गर्नेछ। यात्राको अवधि विभिन्न देशहरूमा नवीन गतिविधिहरू अनि कार्यक्रमहरूको माध्यमले दश लाख प्रशंसकहरूले ट्रफी हेर्ने मौका पाउनेछन्। आईसीसीका मुख्य कार्यकारी ज्योफ अलार्डिसले भने, आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप ट्रफी यात्रा अहिलेसम्मको सबैभन्दा ठूलो वर्ल्ड कपको उल्टा गन्तीमा एउटा महत्त्वपूर्ण माईलखुट्टी हो। यसरी नै बीसीसीआई सचिव जय शाहले भने, भारतलाई क्रिकेटले जस्तो अन्य कुनै खेलले एकजुट गर्दैन। अहिले पूरा देशमा उत्साह बढ़िरहेको छ कारण हामी अहिले ६ हप्तासम्म मुटुको धड़कन बड़ाउने क्रिकेटको निम्ति विश्वका सर्वश्रेष्ठ दशवटा टीमलाई लिएर वर्ल्ड कपको आयोजन गर्ने तयारी गरिरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement