आईसीसी वनडे वर्ल्ड कपबाट बाहिर हुने संघारमा वेष्ट इण्डिज

IMG-20230627-WA0155.jpg

२७ जूनः आईसीसी वर्ल्ड कप क्वालीफायर २०२३-को १८औं म्याचमा वेष्ट इण्डिजले नीदरल्याण्ड्स विरुद्ध सुपर ओभरमा हारको सामना गर्नु पऱ्यो। विण्डीजले निकोलस पूरनको अविजित १०४ रनको सहायताले ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रनको विशाल स्कोर बनायो। जवाफमा नीदरल्याण्ड्सले पनि लड़ाकू प्रदर्शन गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनाउँदा स्कोर टाई भयो। त्यसपछि परिणाम हासिल गर्नको निम्ति वन् ओभर एलिमिनेटर (सुपर ओभर) गराइयो। सुपर ओभरमा नीदरल्याण्ड्सका लोगन भेन बीकले जेसन होल्डरको ६ बलमा ३० रन ठोके, जसमा ३ वटा चौका र ३ वटा छक्का सामेल छ। जवाफमा वेष्ट इण्डिजले ५ बलमा केवल ८ रन बनाएर दुवै विकेट गुमाउँदा नीदरल्याण्ड्सले रोमाञ्चक जीत हासिल गऱ्यो। यस हारको साथै वेष्ट इण्डिज वनडे वर्ल्ड कपबाट लगभग बाहिर भयो।
सुपर ६-को निम्ति क्वालीफाई गर्न सफल भए पनि वेष्ट इण्डिजको झोलीमा शून्य अंक रहेको छ। क्यारेबियन टीमले ग्रुपबाट सुपर ६-मा पुग्ने जिम्बाब्वे र नीदरल्याण्ड्स विरुद्ध जीत हासिल गर्न सकेन। आयोजक जिम्बाब्वेसँग ४ पोइण्ट्स रहेको छ। दोस्रो ग्रुपबाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर ६-मा पुगेको छ। सुपर ६-को शीर्ष दुईमा रहने टीमहरूले यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति क्वालीफाई गर्नेछ। अब सुपर ६-मा वेष्ट इण्डिजले आफ्नो तीनै प्रतिद्वन्द्वीलाई पराजित गरे ६ अंक अर्जित गर्नेछ। यसरी जिम्बाब्वेले केवल एउटा म्याच जिते पनि ६ अंक हुनेछ। जिम्बाब्वेको नेट रन रेट वेष्ट इण्डिजभन्दा असल रहेको छ। यसबीच श्रीलंका र स्कटल्याण्डमा एउटा टीम ६ अंकको साथ सुपर ६-मा पुग्नेछ। यसरी जिम्बाब्वेले सुपर ६-मा दुईवटा म्याच जिते वेष्ट इण्डिज वर्ल्ड कप २०२३-बाट बाहिर हुनेछ।
म्याचमा वेष्ट इण्डिजलाई विशाल स्कोरसम्म पुऱ्याउनमा पूरनको महत्त्वपूर्ण योगदान रह्यो। पूरनले ९ वटा चौका र ६ वटा छक्काको साथ ६५ बलमा अविजित १०४ रन बनाए। यसबाहेक ब्रेण्डन किंगले ७६,जनसन चार्ल्सले ५४ र शाई होपले ४७ रनको योगदान दिए। जवाफमा नीदरल्याण्ड्सको तर्फबाट पनि तेजा निदामनुरुले लड़ाकू शतक बनाए। तेजाले ११ वटा चौका र ३ वटा छक्काको साथ ७६ बलमा १११ रन बनाए। यसबाहेक कप्तान स्कट एडवर्ड्सले ६७ रनको योगदान दिए। म्याचमा एक समय त वेष्ट इण्डिजको जीत तय लागिरहेको थियो तर डच खेलाड़ीहरूले लड़ाकू प्रदर्शन गर्दै म्याचलाई टाई गरे। अन्तमा सुपर ओभरमा भेन बिकको चमत्कारी ब्याटिंगले नीदरल्याण्ड्सलाई यादगार जीत दिलायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement