गुलाबको फूल बाँड़ेर पालन गरियो नशा एवं मादक पदार्थ निषेध दिवस

IMG-20230626-WA0346.jpg

गान्तोक: सिक्किमको सबैभन्दा पुरानो नशामुक्ति केन्द्र सिक्किम रिहेबिलिटेशन एण्ड डिटक्सीफिकेशन सोसाइटीले आज रानीपुल बजारमा मानिसहरूलाई गुलाबको फूल बाँड़ेर अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवस पालन गऱ्यो। संस्थाका सदस्यहरूले स्थानीय चालक, व्यवसायी, बजार भर्न आउने मानिसहरू साथै अन्यलाई गुलाबसँगै दूर्व्यसन विरुद्ध सचेतना जगाउने संदेशसहितको पामप्लेट वितरण गरे। यस कार्यमा रानीपुल थानाका पुलिस अधिकारीहरूले पनि साथ दिएका थिए।

पूर्व सिक्किम, निमटारअवस्थित सिक्किम रिहेबिलिटेशन एण्ड डिटक्सीफिकेशन सोसाइटीले प्रत्येक वर्ष नै अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवस तथा वर्ल्ड ड्रग्स डे पालन गर्दै आएको परियोजना निर्देशक श्रीमती रिञ्जिङ भोटियाले बताइन। यस वर्ष भने पारम्परिक सचेतना कार्यक्रमहरूदेखि अलिक पर सरेर सर्वसाधरणलाई सड़कमै गुलाब र नशालु पदार्थ विरुद्ध जनचेतना जगाउने संदेशमुलक पामप्लेट वितरण गरिएको उनले बताइन्। हिजोआज मानिसहरू ड्रग्सलाइ लिएर आयोजना गरिने जनचेतना कार्यक्रमहरूमा त्यति सहभागी बन्दैनन्। यसैले यस वर्ष हामीले अलिक फरक रुपमा वर्ल्ड ड्र्ग्स डे पालन गरेका हौं। रोस डे, भेलेन्टिन डे आदिलाई मानिसहरूले सधैं याद राख्ने गर्छन्। त्यसैले हामीले वर्ल्ड डे-लाई पनि गुलाब बाँड़ेर पालन गरेका हौं, उनले भनिन्।

यस वर्ष अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवसको थीम “कलंक र भेदभाव बन्द गरौं, रोकथामलाई बलियो बनाऔं” रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement