बीरपाडा बुद्ध जयन्ती पालन

17da5a7a-539f-46b2-9498-76331e002c1b

बीरपाडा- २५६६ औँ बुद्ध पूर्णिमाको धुमधाम भव्यताका साथ मध्य डुवर्सको प्रत्येक गुम्बाहरूमा पालन गरियो। सोमबार प्रत्येक गुम्बाहरूबाट कोरवा ( शोभायात्रा परिभ्रमण ) निकालियो । गुरू पेमा छोइलिङ गुम्बा न्यू लाइनद्वारा क्षेत्रको परिभ्रमण गरियो भने बोधिचित्त रिट्रिट मोनेष्ट्री दलमोरद्वारा गुम्बा परिसरदेखि डाक्टर कोठीसम्म साथै बीरपाडा साङ्गे छोईलिङ गुम्बाद्वारा शोभायात्रा निकालियो। 

बीरपाडामा बुद्ध जयन्तीमा शोभायात्रा निकाल्दै मानिसहरू- फोटोः रिपल्बिक

बडाहौदा मणि छोइ खोरलिङ गुम्बाका सभापति मनोज तामाङ  र बोधिचित्त रिट्रिट मोनस्ट्रीका सभापति रोशन लामाले  बुद्ध पूर्णिमाको प्रथम तिथिमा नै लामा लोबेनहरूद्वारा पूजा पाठ गरेपछि नै आज कोरवा शोभायात्रा परिभ्रमण निकालिएको जनाएका छन् । यता बन्दापानी स्थित टाँशी छोइलिङ गुम्बामा पनि बुद्ध पूर्णिमा भव्यताका साथ सम्पन्न भएको गुम्बाका सभापति सुमन तामाङले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement