गान्तोक: नेशनल ब्यांक फर एग्रीकल्चर एण्ड रुरल डेभलपमेन्ट (नाबार्ड) का महाप्रबन्धक तथा कार्यालय इन्चार्ज सञ्जय कुमार गुप्ताले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई शिष्टाचार भेट गरेर नाबार्डको महत्वपूर्ण गतिविधि, योजना र कार्यक्रमका बारेमा जानकारी दिए। यस अवसरमा राज्यपालले नाबार्डले सञ्चालित गरेका योजना तथा नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहमा स्थानीय भाषामा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै जसले गर्दा स्थानीय जनताले योजनाका फाइदाबारे पूर्ण जानकारी पाउन सकून् भनी उल्लेख गरे। नाबार्डका योजनाहरू देशको लोककल्याण र विकासको आधार भएकाले सो योजनालाई अपेक्षित, वञ्चित वर्गसम्म पुर्याउन थप चेतनाको आवश्यकता रहेकोमा जोड दिए । उनले राज्यलाई विकासको नयाँ उचाइमा पुऱ्याउन नयाँ योजना र प्रोत्साहन आवश्यक रहेको बताए। यसैबीच, महाप्रबन्धकले सिक्किमको सामाजिक र आर्थिक सुधारका लागि थप काम गर्ने आश्वासन दिए। यो बैठक राज्यको विकास र ग्रामीण क्षेत्रको जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण कदम भएको बताइएको छ।