लागूऔषध दुरुपयोग विरुद्धको लडाइँमा भारतीय सेना

IMG-20230626-WA0344.jpg

गान्तोक: लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष जुन २६ मा मनाइन्छ। सिक्किम राज्यका मानिसहरूलाई उत्प्रेरित गर्ने प्रयासमा लागूऔषध दुरुपयोग विरुद्धको लडाइँमा, भारतीय सेनाले पूर्व सिक्किममा धेरै कार्यक्रमहरू आयोजना गरेको छ। पूर्व सिक्किमको क्योङ्नोस्ला, बोजोघारी र बुर्तुकमा लागुऔषध विरोधी ऱ्याली चित्रकला/पोस्टर बनाउने प्रतियोगिता र वार्ता सम्पन्न गरेको थियो। युवाहरूलाई कसरी यसविरुद्ध लड्न सकिन्छ, पहिले आफैं यसको शिकार नहोस् र दोस्रोमा यसबारे चेतना फैलाएर कसरी लड्न सकिन्छ भन्ने बारे पनि जागरुकता गराइएको थियो। घर, समाज र देशमा पर्ने असर र ठूलो नोक्सानलाई जोड दिँदै जानकारीमूलक व्याख्यान र छोटो भिडियो क्लिपहरू सहित चित्रकला/पोष्टर बनाउने प्रतियोगिताको आयोजना गरिएको थियो। चित्रकला प्रतियोगितामा प्रथम तीन विजेतालाई पुरस्कारले सम्मान गरिएको थियो लागुऔषधले हाम्रो जीवनमा पार्ने हानिकारक प्रभावबारे जनचेतना जगाउन नागरिकले सडकमा र्‍याली निकालेका थिए। सिक्किमका युवाहरूले सबै कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए र लागू पदार्थबाट टाढा रहने शपथ लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement