कोलकाताः पञ्चायत चुनाउलाई केन्द्र गरी राज्यभऱिमा भइरहेको हिंसक घटनाहरूबीच कलकत्ता हाईकोर्टमा सोमवार दुई अलग-अलग याचिकाहरू लगाइएको छ। एक याचिका आईएसएफका विधायक नौशाद सिद्दीकीले लगाएका छन्, जसमा पञ्चायत चुनाउ धेरै चरणहरूमा गराउने माग गरिएको छ र दोस्रो याचिका लगाएर पञ्चायत चुनाउलाई नै बन्द गर्ने माग गरिएको छ। मामिलाको सुनवाई आगामी शुक्रवार हुने सम्भावना छ।
एक उकीलले सोमवार हाईकोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनमको ध्यान आकर्षित गर्दै आफ्नो याचिकामा भने, पञ्चायत चुनाउको घोषणा भएदेखि अहिलेसम्म 10 जनाको मृत्यु भइसकेको छ। उम्मेदवारहरूको अपहरण गरिएको पनि आरोप लागिरहेछ। यसैलाई आधार बनाएर उनले पश्चिम बंगालमा पञ्चायत चुनाउ बन्द गर्नका साथै आपात स्थिति जारी गर्ने माग पनि गरेका छन्। अर्कोतिर नौशादले भने, एक चरणमा शान्तिपूर्वक तरीकाले चुनाउ सम्भव छैन यसैले धेरै चरणहरूमा चुनाउ गराइनुपर्छ।
-हिस