गान्तोक: नाम्ची सरकारी महाविद्यालय तथा साइन फ्लिम्स एण्ड म्युजिक प्रोडक्शनको संयुक्त तत्वावधानमा आज नाम्ची कलेजको प्रेक्षागृहमा अन्तर्राष्ट्रिय नशालु पदार्थ प्रयोग एवं अवैध व्यापार विरोध दिवस पालन गरियो।आजको यस कार्यक्रममा शहरी एंव आवासीय विभागका अध्यक्ष के.बी राई प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उक्त कार्यक्रमको मुख्य आकर्षण साइन फ्लिमद्वारा निर्माण गरिएको नेपाली सामाजिक चलचित्र हिडन
पेन´को प्रदर्शनी
रहेको
थियो।
सो
नेपाली
चलचित्रले
विशेष
गरेर ड्रग्स
बेचविखन
र
सेवनले
कसरी
समाजमा
नकारात्मक प्रभावहर
पारिरहेकाछन्,
परिवारहर
नाश
गरिरहेका
छन्, जीवन
लनष्ट
गरिरहेका
छन्
भन्ने
सन्देश
बोकेको
छ।
सोनाम पावल
भोटिया,
याङ्किला
डेञ्जोङपा,
पिटर
थापा आदि मुख्य
कलाकारको
रुपमा
रहेको
यस
चलचित्रका
निर्माता
/निर्देशक
प्रदिप
पुकार
गुरुङ
‘देह’ रहेका छन्। कार्यक्रममा फ्लिमका निर्माता प्रदीप पुकार गुरुङ ‘देह´ले निर्माण गरेको चलचित्रबारे विस्तृत जानकारी दिए। वर्तमान समाज साथै युवा जमात ड्रग्सको लतमा परेर नष्ट भइरहेको स्थितिलाई देखेर नै यसको रोकथाम गर्नु पर्छ भन्ने विचारले यो चलचित्र निर्माण गर्ने प्रेरणा पाएको उनले बताए।
प्रमुख अतिथि के.बी राईले आफ्नो सम्बोधनको क्रममा चलचित्रका समस्त टोलीलाई बधाई दिँदै यो फिल्म धेरै अर्थपुर्ण र सन्देशमुलक रहेको बताउँदै सिक्किमको सबै भागहरुमा यो चलचित्र प्रदर्शन गर्नु पर्ने आवश्यकता रहेको बताए। ड्रग्सले गर्दा धेरैको सपनाहरु तुहेको र विपना रोएको कुरा अवगत गराउँदै सरकार , संघसंस्था ,प्रहरी विभागको प्रयासले मात्र सिक्किममा ड्रग्स निर्मुल पार्न नसकिने र प्रत्येक व्यक्ति विशेष गरेर विद्यार्थीहरु आफै नै स्वयं सेवक बनेर यस कार्यको लागि अघि आउन पर्ने सुझाव दिए। उनले ड्रग्स कहिले पनि सेवन नगर्ने उनले विद्यार्थीहरूलाई सुझाव दिँदै यसलाई निर्मुल पार्ने मनमा संकल्प लिनुपर्ने आग्रह गरे।