ग्रेस फाउन्डेसनद्वारा आयोजित फुटसल प्रतियोगिताको समापन

IMG-20230627-WA0000.jpg

गान्तोक: देउरालीको जीएमसी कार्यालयस्थित फुटसल एरिनामा हिजोदेखि शुरू भएको ग्रेस इन्टर रिहाब फुटसल प्रतियोगिताको आज समापन भयो। ग्रेस फाउण्डेसनद्वारा आयोजित फुटसल प्रतियोगिताको समापन कार्यक्रममा एसकेएम गान्तोकका युवा संयोजक तेञ्जिङ दोर्जी भोटिया मुख्य अतिथिकोरूपमा रहेका थिए। अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवसको अवसरमा आयोजित यस प्रतियोगितामा कूल १८ वटा टोलीले सहभागिता जनाएको थियो, जसमा दार्जीलिङ, कालेबुङ, सिलगढी लगायत राज्यका खेलाडीहरूले अंशग्रहण गरेका थिए। आजको फाइनल खेल रेडमिटन (सिलगढी) बनाम हेल्प सिलगढीबीच सम्पन्न भएको थियो। पत्रकारहरूसँग कुराकानी गर्दै मुख्य अतिथि भोटियाले राज्यका युवाहरूलाई नशालु पदार्थको सेवन त्यागेर राम्रो बाटोमा आउनु पर्ने सुझाउ दिए। यदि कुनै पनि युवाहरू नकारात्मक मार्ग छोडेर सकारात्मक मार्गमा आउन चाहेको खण्डमा पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग गर्ने बचन दिए। नशालु पदार्थको सेवन गर्नाले समयको नष्ट साथै जीवन व्यर्थ खेरा फालिने रहेको बताए। आफू एक युवा भएको हैसियतमा सबै युवाहरूलाई नशालु पदार्थको सेवन त्याग गरेर नयाँ जीवन जिउनु पर्ने सुझाउ दिएका छन्। यसै क्रममा आयोजक समितिका प्रमुख संरक्षक सञ्जीब गुरूङले ग्रेस फाउन्डेसनले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए। यसै क्रममा यस वर्ष पनि फुटसल प्रतियोगिता आयोजना गरिएको र अधिकांस युवा खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाएको अवगत गराए। सोही प्रकारले सामाजिक न्याया एवम कल्याण विभागका सचिव ड.एबी कार्कीले युवाहरूलाई नशालु पदार्थको सेवन गर्न छोडेर सही मार्गमा आउनु पर्ने आग्रह गरे। जीवनमा नशालु पदार्थको सेवन गर्दा जुन मनोरञ्जन पाउँछ, त्यो भन्दा राम्रो मनोरञ्जनभरिको जीवन सेवनविना गर्न सकिने बताए। सरकारले सदैव युवाहरूलाई सही मार्गमा हिँडने र ल्याउनको निम्ति विभिन्न प्रकारको योजना बनाएको अवगत गराए।यसर्थ युवाहरू सही मार्गमा आउन सके जीवनको धेरै राम्रो अनुभव बटुल्न सकिने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement