विधायक भोटियाको अगुवाईमा जनसम्पर्क एवं लाभार्थी चयन कार्य जारी

si-7

नाम्चीः बर्फुङ समष्टिअन्तर्गत विभिन्न वार्डहरूमा विगत केही दिनदेखि क्षेत्र विधायक टीटी भोटियाको नेतृत्वमा चलिरहेको जनसम्पर्क एवं सिक्किम सरकारको योजनाअन्तर्गत विभिन्न सहुलियतहरूका लागि लाभार्थीहरू चयन गर्ने वार्डस्तरीय सभाको क्रममा आज क्यूजीङ्ग बखिम ग्राम पञ्चायत एकाईको सामसिङ, माथिल्लो र तल्लो दलेप वार्डमा सभा सम्पन्न भयो।

सभामा विधायक भोटियाले वर्तमान सिक्किम सरकारले गरीबको हितमा विभिन्न योजनाहरु मार्फत गरीबलाई न्याय दिन सफल भएको जानकारी दिँदै सामसिङ वार्डमा गत २० जूनको दिन आगलागी भएको घटनामा सरकारले तत्कालीन सहयोग साथै सिक्किम गरीब आवास योजना घर निर्माण गर्ने घोषण गरे पनि उक्त घटनामाथि “हाम्रो सिक्किम पार्टी“ का नाइके भाइचुङ भोटियाले राजनीतिकरण गरेको आलोचना गर्दै यस्तो समवेदनशील घटनामा पनि कुनै दया-माया नराखि राजनीतिक गरेकोमा घोर विरोध जनाए। भोटियाले ५ वर्ष क्षेत्रको विकास, जनताको विकासको निम्ति आफू सरकारमा मिलेर सर्वसाधारणको निम्ति न्यायपूर्वक काम गरेको बताउॅंदै वर्तमान सरकारले कुने राजनीति नगरि सबै गरीबलाई सहुलियत वितरण गरेको थप जानकारी दिए।

सभामा एसकेएम केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष लोब्जाङ भोटिया, एसकेएम सीएलसी अध्यक्ष प्रकाश गुरुङ, खण्ड प्रशासन केन्द्रका पञ्चायत निरीक्षक नोर्जीला भोटिया, कल्याण विभागका निरीक्षक अनीता गुरूङ, पञ्चायत उपसभापति शिवकुमार राई आदिले सम्बोधन गरका थिए। उक्त सभामा क्यूजीङ्ग बर्फुङ प्रादेशिक क्षेत्रकी जिल्ला पञ्चायत सदस्या जसोदा छेत्री, पञ्चायत सभापति लोब्जाङ भूटिया, पञ्चायत सदस्यगण, खण्ड प्रशासन केन्द्रका पञ्चायत निरीक्षक, पार्टी कर्याकर्तागण लगायत स्थानीय गाउँलेहरुको उपस्थिति रहेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement