नशालु पदार्थ दुरूपयोगबारे जनचेतनामूलक कार्यक्रम

si-6

गान्तोकः लागुऔषध तथा अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवसको अवसरमा विगत वर्षहरूमा झैं यसपाली पनि नशालु पदार्थको दुरूपयोग अनि अवैध व्यापार विरूद्ध जनचेतनामूलक कार्यक्रम आयोजन गरियो। सिक्किमको पूर्व जिल्लाका विभिन्न स्थानहरूमा भारतीय सेनाले मानिसहरूलाई नशालु पदार्थको दुरुपयोगको बारेमा जागरूक गराउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ। जसमा श्रृंखलाबद्ध कार्यक्रमहरू सामेल छन् जस्तै एन्टी ड्रग्स मार्च, चित्रकला, पोस्टर बनाउने प्रतियोगिताहरू आदि।

यसैक्रममा क्योङशाला, बुर्तुकस्थित बोजोघारीमा जनचेतनामूलक कार्यक्रमहरू आयोजन गरियो। विशेष गरेर युवाहरूलाई नशालु पदार्थको दुरूपयोगबारे जागरूक गर्नु, यसको लतबाट अलग गर्नु सो कार्यक्रम आयोजन गरिएको थियो। यसबाहेक, घर-परिवार समेतलाई जागरूक गराउन चित्रकला, पोस्टर बनाउने प्रतियोगिताहरू आयोजन गरियो भने जानकारीमूलक ब्याख्यान अनि भिडियो क्लिपहरूको माध्यमबाट पनि जागरूक गराउने प्रयास गरिएको थियो। नशालु पदार्थको दुरूपयोगबाट समाजलाई नराम्रो प्रभाव पार्ने अनि राष्ट्रलाई नै ठूलो क्षति पुग्ने हुनाले यसबारे जनचेतना जगाउने विषयलाई जोड़ दिइयो। हाम्रो जीवनमा नशालु पदार्थको प्रयोग हानिकारक छ भन्ने सन्देश दिन सिटिजन मार्च गरियो, जसमा सिक्किमका युवाहरूले जोश र उत्साहका साथ अंशग्रहण गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement