ममताको घोषणा, २५ वर्षका महिलाहरूले लक्ष्मी भण्डारको निम्ति आवेदन गर्नसक्ने

00-1-Rajya-Samachar-9

कोलकाताः राज्य सरकारको योजना लक्ष्मी भण्डारको निम्ति कुनैपनि महिलाले २५ वर्षको आय़ुदेखि नै आवेदन गर्नसक्छिन्। सोमवार कूचबिहार दक्षिण विधानसभाको चन्दामारी स्थित प्राणनाथ हाई स्कूल परिसरमा जनसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त घोषणा गरेकी छन्।

मुख्यमन्त्रीले भनिन्, कूचबिहार जिल्लामा ६५ हजार केटीहरूलाई रूपश्री राशि दिइएको छ। केन्द्र सरकारले वृद्धावस्था भत्ताको रकममा कटौती गरिरहेछ तर हामीले दिइरहेका छौं। हामी लक्ष्मी भण्डार योजनाको लाभ दिइरहनेछौं। यस परियोजनामा राज्य सरकारको सालको अब १३ हजार २०० करोड़ रूपियाँ खर्चा हुन्छ।

मुख्यमन्त्री ममता ब्यानर्जीले २०२१ मा विधानसभा चुनाउ जितेपछि राज्यमा महिलाहरूको निम्ति लक्ष्मी भण्डार योजना शुरू गरेकी थिइन्। त्यस वर्ष सेप्टेम्बरदेखि एक करोड़ ५३ लाख महिलाहरूका ब्याङ्क खातामा सीधा वित्तीय सहायता पठाएर यस योजनाको शुरूआत गरिएको थियो। तबदेखि राज्यका महिलाहरूलाई लगातार यसको लाभ दिइँदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement