गान्तोकः राज्यका विभिन्न स्थानमा आज लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस पालन गरियो। लागू औषधि दुरुपयोग मुक्त विश्व प्राप्त गर्नका लागि कार्य र सहकार्यलाई सुदृढ़ पार्न हरेक वर्ष पालन गरेझैं यसपाली पनि राज्यको सूचना एवं जनसम्पर्क विभागको परिसरमा यो दिवस पालन गरियो। विभागीय सचिव नम्रता थापा लगायत विभागका अधिकारी अनि कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसरी नै पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चाको उपस्थितिमा पाकिम जिल्ला प्रशासनिक केन्द्र परिसरमा पनि आज लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस पालन गरियो। यस अवसरमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, उपाध्यक्ष प्रभा प्रधान, पुलिस अधीक्षक कर्मा ग्याम्छो, अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा लगायत अन्यको उपस्थिति रहेको थियो। यसैगरी आज सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा महकुमा अधिकारी सन्नी खरेलको अगुवाईमा लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस पालन गरिएको थियो।
जानकारी गराइन्छ, प्रत्येक वर्ष २६ जूनको दिन लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस आयोजन पालन गरिन्छ।
-हिस