शिक्षा विभागको मुख्यालयबाट हरायो ग्रुप सीको नियुक्तिको दस्तावेज

00-1-Rajya-Samachar-9

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलाको जाँचबीच छक्क पार्ने खुलासा भएको छ। जानकारी अनुसार, स्कूल सेवा आयोग (एसएससी) द्वारा ग्रुप सी- मा भएका शिक्षकहरूको नियुक्तिसित सम्बन्धित सबै दस्तावेजहरू शिक्षा विभागको मुख्यालयबाट हराएको छ। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) सूत्रहरूले सोमवार यसको जानकारी दिएको छ। जानकारी अनुसार, कोर्टको आदेशमा भइरहेको जाँचबीच ग्रुप सी नियुक्तिसित सम्बन्धित फाइल एसएससीबाट मागिएको थियो तर दिनमा अनाकानी गरिरहेको थियो। यसपछि जाँच अधिकारीहरूले औचक भ्रमण गर्दा कम्प्यूटरको हार्ड डिस्कमा पनि ती फाइनल नरहेको र सफ्ट कपिपनि उपलब्ध नरहेको पाए।

वस्तुतः यस मामिलामा पक्रा परेका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी र अन्य आरोपितहरूसित सोधपुछपछि यस फाइलबारे जानकारी पाइएको थियो। यसपछि नै केन्द्रिय एजेन्सीका अधिकारीहरूले यसलाई हासिल गर्ने प्रयास शुरू गर्दा फाइलहरू हराएको थाहा लाग्यो। एसएससी अधिकारीहरूलाई यससित सम्बन्धित सबै दस्तावेज जमा गर्नकालि नोटिस पठाइएको थियो। जसको जवाफमा एसएससीले एउटा चिट्ठी दिएको छ, जसमा सम्बन्धित फाइल एसएससी अफिसमा नपाइएको बताएको छ। फाइल हराएको एउटा लिखित शिकायत गत साल जून महिनामा विधान नगर उत्तर थानामा जमा गरिएको थियो। अब केन्द्रिय एजेन्सीका अधिकारीहरूले पुलिससित सम्पर्क गरी शिकायतको प्रति पनि हासिल गरेका छन्।

उल्लेख्य, ग्रुप सी नियुक्तिमा सबैभन्दा अधिक धांधली भएको थियो र यसमा सीधा रूपमा शिक्षा मन्त्री सामेल थिए। यसैले फाइल हराउनु आफैमा राज्यका अधिकारीहरूको कार्यशैलीमाथि ठूलो प्रश्न चिह्न खड़ा गर्दछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement