हाईकोर्ट पुगे कांग्रेसका १७ उम्मेदवार, सुरक्षाको निम्ति लगाए गुहार

00-1-Rajya-Samachar-9

कोलकाताः पश्चिम बंगालमा जारी पञ्चायत चुनाउमा मालदा जिल्लाका १७ कांग्रेस उम्मेदवारले कलकत्ता हाईकोर्टको ढोका ढकढकाएका छन्। सोमवार याचिका लगाएर उनीहरूले भने, उनीहरूलाई लगातार धमकी दिँदैछ, यसैले उनीहरूले चुनाउ प्रचार गर्न सकिरहेका छैनन्। उनीहरूलाई सुरक्षा दिइनुपर्छ।

मालदाका कांग्रेस उम्मेदवारहरूले सुरक्षाको माग गर्दै जस्टिस राजशेखर मन्थाको बेञ्चमा केस दर्ता गर्ने अनुमित मागे, जसको अनुमति पाइएको छ। मालदाको मानिकचक ब्लकबाट १५ ग्राम पञ्चायत उम्मेदवार हाईकोर्ट आए। यस बाहेक दुई पञ्चायत समिति उम्मेदवारले पनि हाईकोर्टमा सुरक्षाको माग गरे। यस पाली यी सबैले कांग्रेसको टिकटमा चुनाउ लड़िरहेका छन्। अधिवक्ता कौस्तव बागचीले उनीहरूको केस लड़िरहेका छन्।

कांग्रेस उम्मेदवारहरूले आरोप लगाएका छऩ्, पञ्चायत चुनाउका लागि नामाङ्कन जमा गरेदेखि उनीहरूलाई बारम्बार धमकी दिँदैछ। यस प्रकार भयको माहोल बनाइएको छ कि कसैले पनि चुनाउ प्रचार गर्न सकिरहेको छैन। यसैले चुनाउको नतीजा आइञ्जेलसम्म उनीहरूलाई सुरक्षाको खाँचो छ। मामिलाको सुनवाई मंगलवार हुनेछ।

पञ्चायत चुनाउको घोषणा भएदेखि राज्यका विभिन्न हिस्साहरूबाट हिंसाको खबरहरू आइरहेछ। नामाङ्कन जमा गर्नका लागि भांगड़, केनिङ जस्ता क्षेत्रहरूमा हिंसा भएको छ। अलग-अलग जिल्लाहरूबाट बम उद्धार गरियो। पुलिस रिपोर्टको आधारमा राज्य चुनाउ आयोगले पञ्चायत चुनाउ हिंसाको कारण राज्यमा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको भनेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement