बीएसएफको कारबाहीमा भारी मात्रामा तस्करीको समान जफत

00-1-Rajya-Samachar-9

उत्तर २४ परगनाः दक्षिण बंगाल सीमान्त अन्तर्गत सीमा चौकी बोलताला, ११८औं वाहिनीका जवानहरूले नदी मार्गबाट भारतबाट बांग्लादेश लगिरहेको तस्करीको वस्तु जफत गरेका छऩ्। यसमा बीड़ीको प्याकेट, चश्मा, दवाई र चिकित्सा उपकरण सामेल छ। जफत गरिएको समानको बजार मूल्य १२ लाख ८५ हजार ६४२ रूपियाँ छ। बीएसएफको तर्फबाट सोमवार यो जानकारी दिइएको छ।

प्राप्त जानकारी अनुसार, तस्करीको प्रयासबारे विशेष खबर पाएपछि कारबाही गर्दै आइतवार राति सीमा चौकी बोलतलाका जवानहरूले इच्छामती र बाराकुल नदीहरूको संगममा केही संदिग्ध वस्तुहरू बग्दै गरेको देखे। जवानहरू तुरन्तै घटनास्थलमा पुगे। जवानहरूले नदीबाट बग्दै गरेको १० वटा बोरा निकाले, जसमा भारी मात्रामा बीड़ीको प्याकेट, चश्मा, दवाई र चिकित्सा उपकरण उद्धार भयो। जफत गरिएको समानलाई अघिको कानूनी कारबाहीको निम्ति कस्टम कार्यालय हिङलगंजलाई सुम्पिएको छ।

बीएसएफ, दक्षिण बंगाल सीमान्तको जनसम्पर्क अधिकारी अनुसार, भारत-बांग्लादेश सीमामा तस्करी रोक्नका लागि बीएसएफले कठोर कदम उठाइरहेछ। यसले गर्दा यस्ता अपराधहरूमा सामेल मानिसहरूलाई भारी समस्याहरूको सामना गर्नपर्दछ। बीएसएफ जवानहरूले कुनैपनि मूल्यमा आफ्नो क्षेत्रबाट तस्करी हुन दिनेछैनन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement