घरभित्रबाट दुई भाईको सड़ेको शव भेटियो

00-1-Rajya-Samachar-9

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको बेलघरिया क्षेत्रमा एउटा घरभित्रबाट दुई भाईको सड़ेको शव उद्धार गरिएको छ। घटना पूर्व बेलघरियाको सेकेन्ड लेनको हो। स्थानीय मानिसहरूले घरभित्रबाट दुर्गन्ध आएको सूचना पुलिसलाई दिएका थिए, जसपछि घटनास्थलमा पुगेको पुलिस टीमले जब ढोका तोड्यो तब एउटा कोठामा सड़ेको गलेको शव पाइयो र दोस्रो कोठामा एक कंकाल थियो। दुवै शव दुई भाईको बताइएको छ। यिनीहरूको पहिचान ६६ वर्षीय वीरेन्द्र कुमार दे र ६३ वर्षीय धीरेन्द्र कुमार देको रूपमा गरिएको छ। आइतवार अबेर राति पुलिसले शव उद्धार गरेको छ। सोमवार पनि पुलिस टीम घटनास्थलमा पुगेको छ।

स्थानीय मानिसहरू अनुसार, वीरेन्द्र राज्य बिजुली विभागको सेवानिवृत्त कर्मचारी थियो। दुवै भाई यस घरमा बस्थे। गत धेरै दिनदेखि घरमा कुनै गतिविधि नदेखिएपछि स्थानीय मानिसहरूलाई शंका भयो। आइतवार अबेर राति जब दुर्गन्ध आयो स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए। जाँच अधिकारीरूको दाबी छ, जेठा दाज्युको पाँच-छह महिना अगावै मृत्यु भइसकेको थियो यसैल शरीर पूर्ण रूपमा कंकालमा परिणत भएको छ जबकि कान्छा भाईको केही दिनअघि मृत्यु भएको हुनसक्छ। दुवै शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement