पञ्चायत चुनाउ नामाङ्कन दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँचमा खण्डपीठले रोक लगायो

00-1-Rajya-Samachar-9

कोलकाताः पश्चिम बंगालमा चलिरहेको पञ्चायत चुनाउमा विपक्षी उम्मेदवारहरूको नामाङ्कन दस्तावेजहरूसित छेड़छाड़ सम्बन्धी मामिलाको सीबीआई जाँचमा कलकत्ता हाईकोर्टको खण्डपीठले रोक लगाएको छ। न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले हावड़ाको उलूबेरिया १ नम्बर ब्लकको बीडीओ विरूद्ध सीबीआई जाँचको आदेश दिएको थियो।

उनले विपक्षी उम्मेदवारहरूको नामाङ्कन दस्तावेजहरूसित छेड़छाड़ गरेको आरोप लागेको थियो। यस विरूद्ध राज्य सरकार खण्डपीठ पुगेको थियो। न्यायमूर्ति अरिजीत ब्यानर्जीको खण्डपीठले त्यस आदेशमा रोक लगाउँदै सेवानिवृत्त न्यायाधीश देवी प्रसाद दे को निगरानीमा राज्य पुलिसले जाँच गर्ने स्पष्ट गरेको छ। खण्डपीठले भन्यो, यस मामिलामा सीबीआई जाँचको कुनै आवश्यकता छैन। राज्य पुलिसले जाँच गरी तीन साताभित्र यस सम्बन्धमा न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा रिपोर्ट पेश गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement