सेवक बजारमा लागूऔषध विरोधी दिवस पालन

IMG-20230626-WA0209.jpg

मङपू(केशर मोक्तान): आज विश्व लागू औषधविरोधी दिवसको अवसरमा सेवक पुलिसको नेतृत्वमा लागू औषध विरोधी दिवस पालन गरियो।
सेवक पुलिस आउटपोस्ट प्रभारी तपन दासको नेतृत्वमा सेवकका विभिन्न संघ संस्थाले अनि समाजले लागू औषध विरुद्धमा सडकमा उत्रिएर नारा लगाउदै एम रयलीको आयोजना गरे। उक्त रय्लीले नगर परिक्रमा गरे।
ड्रग्स जस्तो नशा सेवन गर्नाले समाजमा धेरै नोक्सानी हुने भएको कारण ड्रग्स सेवनलाई सबैले त्यागेर समाजमा एक असल नागारीक वन्ने एसआई तपन दास युवा पीडिलाई अपील गरे।सेवक गाउँको उज्ज्वल भविष्यको निम्ति नशामुक्त समाज बनाउने छौं अनि सेवकलाई ड्रग्स मुक्त बनाउने छौं भन्दै पुलिसको साथमा गाउँलेहरुले प्रण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement