मिरिक: कोलकताको निर्देशलाई पनि मिरिक नगरपालिकाले उलंघन गरेको हाम्रो पार्टी प्रवक्ता लाडुप घिसिङले आरोप लगाएका छन्। मिरिक नगरपालिकामा धेरै भष्ट्रचार भएको आशंका गर्दै हाम्रो पार्टीले गत धेरै महिना अघि आरटीआई याचिका दर्ता गरेको र मिरिक नगरपालिकाले आरटीआईको जवाफ नदिन्दा विभागीय अधिकारीहरू लगायत दार्जीलिङ जिल्ला अधिकारीलाई जानकारी गराउँदा मिरिक नगरपालिकाले त्यसलाई पनि अनदेखा गर्दै आरटीआईको जवाफ नदिन्दा हाम्रो पार्टीले यस विषयमाथि कोलकतास्थित विभागीय अधिकारीको ढोका खट खटाउँदा विभागीय मिरिक नगरपालिका, विभागीय अधिकारी लगायत अधिकारीले जिल्ला अधिकारीलाई आरटीआईको जवाफ शीघ्र दिने निर्देश जारी गर्दै निर्देश पत्र पठाएको थियो। उक्त निर्देश पत्रको प्रतिलिपि आफु समक्ष पनि आएको प्रवक्ता घिसिङले बताएका छन्। तर मिरिक नगरपालिका प्रशासकले त्यस निर्देश पत्रलाई पनि अनदेखा गरेको आरोप लगाएका छन्। हाम्रो पार्टी प्रवक्ता लाडुप घिसिङले यस विषयमा भने, यस सन्दर्भमा गत केही दिन अघि हामी मिरिक नगरपालिका कार्यालय पुगेका थियौं। त्यस अवधि प्रशासकले आफुले आफुलाई सर्वेसर्वा ठान्दै आरटीआईको कुनै जवाफ नदिने स्पष्टसंग बताएको र प्रशासकको वरिपरि बस्ने अधिकारीहरूले आरटीआईमा जे विषयको जवाफ मागेको छ। त्यो दिनुपर्छ भन्दा समेत उनी आफ्नो जीतप्रति अडिक भएर आरटीआईको जवाफ नदिने विषयमाथि आफु अडिक रहेको बताएको प्रवक्ता घिसिङले आरोप रहेको छ।