नाम्चीः नाम्ची-सिङ्गिथाङ अनि पोकलोक-कामराङ क्षेत्रको एसडीएफ पार्टीको अगुवाईमा सामडुप्ची परिसरमा वृक्ष रोपण क्रायक्रम सम्पन्न भयो। एसडीएफ पार्टीले २५ जूनमा टेन मिनेट टु अर्थ अन्तर्गत रूख-विरूवा रोप्ने अनि सर-सफाई गर्ने काम गर्दै आइरहेको छ।
आजको वृक्ष रोपण कार्यक्रममा पाल्जर भोटिया, युवा संयोजक, दक्षिण सिक्किम अनि विमल राईको उपस्थितिमा सयवटा भन्दा धेरै चाँप अनि पीपलीको बिरूवा रोपियो। साथै पहिला रोपिएका विरूवाहरूलाई पनि गोडमेल गर्ने काम भयो।
यस अवसरमा दुवै क्षेत्रका क्षेत्रीय क्रायकर्ताहरुले सहयोग गरेको नाम्ची-सिङ्गिथाङका सीएलसी अध्यक्ष रमेश किराँतले जानकारी गराएका छन्।
-हिस