नयाँ दिल्ली: ग्लोबल रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पूअर्स (एसएन्डपी) ले वित्त सन् २०२३-२४ मा भारतको सकल घरेलू उत्पाद (जीडीपी) वृद्धि दरलाई छह प्रतिशतको आफ्नो पूर्वानुमानमा कायम राखेको छ। यसका साथै एजेन्सीले भनेको छ, एशिया प्रशान्त क्षेत्रमा भारतको आर्थिक वृद्धि दर सबैभऩ्दा अधिक हुनेछ। रेटिङ एजेन्सीले सोमवार एशिया-प्रशान्तको निम्ति जारी आफ्नो तिमाही आर्थिक समीक्षामा भन्यो, भारत, वियतनाम र फिलीपीन्सको वृद्धि दर लगभग छह प्रतिशत रहने हाम्रो अनुमान छ। घरेलू अर्थव्यवस्था बलियो भएको कारण चालू वित्त वर्ष र आगामी वित्त वर्षका लागि वृद्धि दरको अनुमानहरूलाई अपरिवर्तित राखिएको छ। चालू वित्त सन् २०२३-२४ मा खुदरा महंगाई दर घटेर ५ प्रतिशत रहने अनुमान छ। रेटिङ एजेन्सीको भनाइ छ, आऱबीआईले आगामी वर्षको शुरूआतमै ब्याज दरहरूमा कटौती गर्नसक्छ। सामान्य मनसून र काँचो तेलको दरहरूमा कमीको कारण मुद्रास्फीति कम रहनेछ। एजेन्सीले वर्ष २०२३ को निम्ति चीनको वृद्धि दरको अनुमान ५.५ प्रतिशतदेखि घटाएर ५.२ प्रतिशत गरेको छ। एसएन्डपीले पछिल्लो वृद्धि दरको अनुमान मार्चमा घोषणा गरेका थियो। -हिस