अग्निवीरहरूको रिटायरमेन्टको आयु सीमा ४ साल होइन, तर बढाएर ६५ साल गरिनपुर्छ: ममता

CM-Mamta-Banerjee-4-4

कोलकाता। भारतीय सेनामा नियुक्तिको निम्ति केन्द्र सरकारको महत्वकांक्षी अग्निवीर योजनालाई लिएर ममता ब्यानर्जीले एकपल्ट फेरि प्रश्न उठाएकी छन्। उनले भनेकी छन्, अग्निवीरहरूको रिटायरमेन्टको आयु सीमा ४ साल होइन, तर बढाएर ६५ साल गरिनपुर्छ ।

पूर्व बर्दवानमा एक जनसभालाई सम्बोधन गर्दै ममताले भनिन्, मानिसहरूलाई चार महिनाको प्रशिक्षण दिइरहेका छन् र उनीहरूलाई चार सालको निम्ति भर्ती गरिरहेका छन्। सैनिकले चार सालपछि के गर्ने? उनीहरूको भविष्य के हुनेछ, यो निश्चित छैन? अग्निपथ योजना अन्तर्गत भर्ती हुने सैनिकहरूको सेवानिवृत्तिको आयु सीमा बढाएर ६५ साल गरिनपुर्छ।

ब्यानर्जीले भाजपा नीत केन्द्र सरकारमाथि २०२४ को लोकसभाको चुनाउलाई ध्यानमा राख्दै सेनामा अल्पकालीन भर्तीको यो नयॉं योजना शुरू गरेको पनि आरोप लगाइन्।

उल्लेखनीय छ, केन्द्र सरकारले साढे १७ सालदेखि लिएर २३ सालको उमेरका युवाहरूलाई केवल चार सालको निम्ति सशस्त्र बलमा सामेल गरिने घोषणा गरेको छ। भर्ती हुने युवाहरू मध्ये केवल २५ प्रतिशतलाई मात्र १५ साल अथवा त्यसभन्दा अधिक समयसम्म नियमित रूपमा सशस्त्र बलमा राखिने छ। अन्यहरूलाई केन्द्रिय अर्धसैनिक बलदेखि लिएर राज्य पुलिस बल र अन्य मल्टीनेशनल कम्पनीहरूमा नौकरीमा प्राथमिकता दिइने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *