शब्द समय सालबारीको ११९औं प्रकरण सम्पन्न

00-1-IMG-20230626-WA0257

सिलगढी: हरेक महीनाको अन्तिम शनिबार सम्पन्न हुने सालबारी शब्द समयको ११९औं प्रकरण शनिबार स्थानीय सयपत्री भवनमा सम्पन्न भयो। यस प्रकरणको मुख्य आकर्षण थियो कथाकार-उपन्यासकार-अब्बल फोटो शिल्पी राजेन मोक्तानको उपस्थिति। उनी शब्द समयका सक्रीय सदस्य रहेर पनि गत केही समयदेखि आफ्नो व्यस्तता र विविध जिम्मावारीहरूको कारणले शब्द समयमा उपस्थित हुन पाइरहेका थिएनन्। तर यस पटक आफ्नो उपस्थिति दिएर यस प्रकरणलाई उनले शोभायमान तुल्याएका थिए। यस अवसरमा उनले आफ्ना कुराहरु राख्दै एक व्यङ्ग्य रचना पनि पठन गरेका थिए। अनलाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेद्र समदर्शीद्वारा संचालन गरिएको यस प्रकरणमा रचना वाचन गर्ने सर्जकहरूमा थिए- वरिष्ठ कवि-कथाकार मोहन ठकुरी, कवि-कथाकार-चिन्तक ज्ञानेन्द्र खतिवडा, कथाकार-उपन्यासकार मणिकुमार प्रधान, युग्मककार कालुसिंह रनपहेंली, कवि कविता अधिकारी, कवि निर्मल सिन्चुरी, रम्भास कवि लीलबहादुर सुनार, शब्द समयका सक्रीय सदस्य अनि सर्जक पूर्ण मंगर, कथाकार-चित्रकार सुवास छेत्री, कवि-साहित्यकार मनप्रसन्न योञ्जन, कथाकार-साहित्यकार प्रकाशमणि प्रधान र कथाकार-अनुवादक जीतबहादुर सुनार। यस प्रकरणमा हालै दिवङ्गत बनेका प्रसिद्ध नाटककार-अभिनेता-कथाकार-गीतकार बहुमुखी प्रतिभाका धनी ध्रुव लोहागण अनि शब्द समयका अत्यन्त सक्रीय सदस्य अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बाका नातिको असामयिक निधनमा गहिरो शोक प्रकट गर्दै दुई मिनटको मौन धारण गरेर उनीहरूको चिर आत्मशान्तिको प्रर्थना गर्दै श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा वरिष्ठ साहित्यकार डीएस बम्जन, समाजसेवी रघुनाथ शर्मा, डम्बर सिंह, सोहिनी सिंह आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement