अन्वेष २०२२ नामक हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिने

गान्तोक। भारत सरकारको साङ्ख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयले २७ जूनदेखि २ जुलाईसम्म आजादीको अमृत महोत्सव अन्तर्गत प्रतिष्ठित सप्ताह पालन गरिरहेको छ। यसै क्रममा राष्ट्रिय साङ्ख्यिकी कायालयको गान्तोक क्षेत्रीय कार्यालयद्वारा महाविद्यालय अनि विश्वविद्यालयका विद्यार्थीहरूका लागि स्थानीय वन विभागको सचिवालयको प्रेक्षागृहमा आज अन्वेष २०२२ नामक हाजिरी जवाफ प्रतियोगिता आयोजन गरियो।

आजादीको अमृत महोत्सवमा विद्यार्थीहरूलाई पनि सामेल गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम आधिकारिक साङ्ख्यिकीबारे सचेतना फैलाउनका साथै भारतीय आधिकारिक साङ्ख्यिकी प्रणालीका विभिन्न आयामबारे अवगत गराउन पनि रहेको थियो।

यस अवसरमा सिक्किम सरकारको योजना एवं विकास विभागकी आयुक्त एवं सचिव श्रीमती यशोदा भण्डारी मुख्य अतिथि तथा आर्थिक, साङ्ख्यिकी, निगरानी एवं मूल्याङ्कन (डेस्मी) विभागका अतिरिक्त निर्देशक डीआर थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। यसै गरी एनएसओ (एफओडी), पूर्वोत्तर क्षेत्र, गुवाहाटीका अतिरिक्त महानिर्देशक काल सिंह लगायत एनएसओको गान्तोक क्षेत्रीय कार्यालय अनि सिक्किम सरकारको डेस्मीका अधिकारीगणका साथमा प्रतिभागी महाविद्यालयका सङ्काय सदस्यहरू पनि उपस्थित थिए।

हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन प्रतिष्ठित क्विज मास्टर दिवाकर बस्नेत र दीपक तामाङद्वारा गरिएको थियो। प्रतियोगितामा गान्तोक वरिपरीका सातवटा महाविद्यालयका कूल नौवटा टोलीले भाग लिएका थिए भने प्रारम्भिक चरणपछि अन्तिम चरणको निम्ति पाँचवटा टोली चयनित भएका थिए।

अन्तिम चरणमा नरबहादुर भण्डारी महाविद्यालय, तादोङका “टोली-ख” अन्वेष २०२२ हाजिरी जवाफ प्रतियोगिताको विजयी दल घोषित गरियो। यसै गरी हर्कमाया कलेज अव् एजुकेशनको टोली दोस्रो र नरबहादुर भण्डारी महाविद्यालय, तादोङको “टोली-ख” तेस्रो स्थान प्राप्त गर्न सफल भए। विजेता टोलीलाई मुख्य अतिथि अनि विशेष अतिथिको बाहुलीबाट पुरस्कार वितरण गरिएको जानकारी पीआईबीले दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *