बंगालको राज्यपाल सीभी आनन्दा बोस उत्तर बंगालको भ्रमण अन्तर्गत आईपुगे दार्जिलिङ

IMG-20230626-WA0316.jpg

दार्जिलिङ: पश्चिम बंगालको राज्यपाल सीभी आनन्दा बोस आज साँझ दार्जिलिङ आईपुगेका छन्। उनी आगामी पञ्चायत चुनावको लागि उत्तर बंगाल भ्रमणमा आएको बताइएको छ। यो उनको दार्जिलिङको दोस्रो भ्रमण रहेको छ। उनी दार्जिलिङमा केही दिन रहने कार्यक्रम रहेको छ। बंगालको राज्यपाल सीभी आनन्दा बोसले दार्जिलिङ पहाड़का स्थानीयहरूलाई भेटघाट गर्ने तथा स्थानीयहरूको समस्याहरु बुझ्ने पनि बताइएको छ। राज्यपालले पञ्चायत चुनावलाई लिएर उत्तर बंगालको हिंसाग्रस्त क्षेत्रहरूका पनि भ्रमण गर्ने भएको जानकारी गराएका छन्। उनले दार्जिलिङ आउने क्रममा सिलगढीमा पत्रकारहरूसित बातचीत पनि गरेका थिए भने विभिन्न प्रश्नहरूको उत्तर दिएका थिए। राज्यपाल सीभी आनन्दा बोसले पत्रकारहरूलाई सम्बोधन गर्दै कोलकोतादेखि आज सिलगढी आएर सोझै दार्जिलिङ जाने योजना रहेको बताएका छन्। उनले आगामी पञ्चायत चुनावलाई लिएर उत्तर बंगालको हिंसाग्रस्त विभिन्न स्थानहरूमा आफै पुगेर भ्रमण गर्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement