राजगञ्ज: आमबारी चिन्तामोहन उच्च विद्यालयमा मानव तस्करीबारे जागरूकता शिविरको आयोजना गरियो। बीएसएफ र स्वयम्सेवी संगठनको संयुक्त पहलमा आज यस शिविरको आयोजना गरिएको हो उक्त शिविरमा स्कुलका मोठ २०० जना विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। बीएसएफले मानव तस्करी रोक्नको लागि सतर्कता बढाउने उद्देश्य लिएर यो पहल गरेको हो। यस कार्यक्रम लगभग एक महिनासम्म राजगञ्जको विभिन्न ठाउँहरूमा आयोजना गरिनेछ।