सिलगढी: माटिगाराको खापरेल मोर नजिक गोयल मोरमा आइतबार राति सडक पार गर्ने क्रममा डम्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित भीडले डम्परमा तोडफोड गरेका छन्। उल्लेखनीय कुरा के छ भने, हिजो राति एक व्यक्ति सडक पार गर्दै गर्दा तीव्र गतिमा आएको डम्परले ती व्यक्तिलाई ठक्कर दिएको थियो। उक्त घटनामा एकजना गम्भीर घाइते भएका छन्। यो देखेर आक्रोशित भीडले डम्पर रोकेर तोडफोड गर्न थाले। घटनाको जानकारी पाएलगत्तै माटिगारा थानाको पुलिस घटनास्थलमा पुगेको र घाइतेलाई भीडबाट बचाएर उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाएको थियो। यहाँ उक्त क्षेत्रबाट गुड्ने सवारी साधनका कारण साना–ठूला दुर्घटना प्रायः हुने गरेको स्थानीयले गुनासो गरेका छन्। यस विषयमा स्थानीयले प्रशासनको ध्यानाकर्षण गराउन माग गरेका छन्।