पाइलटले ड्युटी सकियो भन्दै हिडेपछि यस्तो भयो…

00-1-AIR-India

नयाँ दिल्ली: आफ्नोडयुटी सकिएको भन्दै पाइलट हिडेपछि जयपुरमा ६ घण्टासम्म यात्रुहरु अलपत्र परे। लण्डनबाट दिल्लीका लागि आएको एयर इण्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए। तर, पाइलटले आफ्नो ड्युटीको टाइम सकिएको बताउँदै हिडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए। समाचारअनुसार ती यात्रुहरूलाई सडकमार्फत दिल्ली पठाइएको थियो। दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। जसमा एयर इण्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इण्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो। खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। डाइभर्ट गरिने एयर इण्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो। स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो। विमानमा सवार भारतीय मुलका इंग्ल्याण्डका नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिडेपछि अलपत्र परेका यात्रुहरूलाई रिस उठेको बताए। तर, एयर इण्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए। उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्दै गुनासो गरेका थिए। यसपछि एयर इण्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो। तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो। पछि एयर इण्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने व्यवस्था गरेको थियो। उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुहरूले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो। आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए। यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *