कोलकाता: शारदा चिट फण्ड घोटालाको मुख्य अभियुक्त देवयानी मुखर्जी पक्राउको १० वर्षपछि आइतबार घर फर्किएकी छिन्। उनी बिरामी आमा शर्बरी मुखर्जीलाई भेट्न जेलबाट प्यारोलमा घर फर्किएकी थिइन्। उनलाई मात्र ६ घण्टाको लागि प्यारोलमा घर पठाइएको थियो। आइतबार बिहान देवयानीले हरियो सलवार-कमीज लगाएकी थिइन्, उनको टाउको कालो स्कार्फले छोपिएको थियो। यसअघि आइतबार बिहानदेखि नै उनका बाबु मोहन मुखर्जीसहित सम्पूर्ण परिवार छोरी घर फर्किने प्रतिक्षामा थिए। समाचारअनुसार देवयानी मंगलबार नै बिरामी आमालाई भेट्न घर आउनु पर्ने थियो तर सो दिन मुद्दाको सुनुवाइ भएकाले उनलाई जेलबाट घर पठाइएको थिएन। उनलाई आइतबार,२५ जूनमा ६ घण्टाको लागि प्यारोलमा घर पठाइएको थियो। आइतबार बिहान दमदम महिला कारागारबाट कसबा पुलिस थानाका पुलिस देवयानीलाई लिएर ढकुरियास्थित तीनतले घर नलिनी निकेतनमा पुगेका थिए। यहाँ उल्लेखनीय छ, अप्रेल २०१३ मा देवयानी सुदिप्ता सेनसँगै कश्मीरको सोनमर्गबाट पक्राउ गरिएको थियो। उनी करिब १० वर्ष २ महिना जेलमा छिन्।