श्रीनगर: राष्ट्रियजाँच एजेन्सी (एनआई)ले सोमबार बिहान कश्मीर उपत्याकाका चार जिल्ला अधिनस्थ विभिन्न क्षेत्रहरूमा छापामारीको कारबाही गरेको छ। सम्बन्धित एकजना अधिकारीले बताएका छन्, एनआईएका टीमहरूले स्थानीय पुलिस र सीआरपीएफको सहयोगमा उपत्याकाका विभिन्न स्थानहरूमा छापामारी गरेको छ। अधिकारीअनुसार छापामारी पुलवामा, कुलगाम, शोपियाँ र बांदीपोरा जिल्लामा गरिएको छ। यो कारबाही आतंकवादसित सम्बन्धित मामिला अनि आतंकवादीहरूका सहयोगीहरूलाई लिएर गरिएको हो। -हिस