नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भने, ‘भारत र अमेरिकाको मित्रता वैश्विक भलाईको लागि हो। यसबाट हाम्रो ग्रह श्रेष्ठ र सशक्त हुनेछl’ प्रधानमन्त्री मोदीले आज अमेरिकी राष्ट्रपति जो बाइडनको ट्वीटलाई रिट्वीट गर्दै उपरोक्त मन्तव्य व्यक्त गरेका छन्। बाइडनले भने, ‘अमेरिका र भारतबीचको मित्रता विश्वमा सबैभन्दा महत्वपूर्ण मित्रताहरूमध्ये एक हो। यो पहिलाको तुलनामा अझ सशक्त, निकट र अधिक गतिशील भएको छl’ -हिस
यसमाथि प्रधानमन्त्री मोदीले बाइडनको कुरासित सहमत रहेको जनाउँदै भने, ‘हाम्रो देशबीचको मित्रता वैश्विक भलाईको शक्ति हो। यसले ग्रहलाई श्रेष्ठ र अधिक टिकाऊ बनाउनेछ। मेरो हालैको यात्रामा जुन-जुन कुराहरू अघि आएका छन् त्यसबाट हाम्रो बन्धन अझ सुदृढ़ बन्नेछl’ उल्लेखनीय छ, प्रधानमन्त्री मोदी हालैमा अमेरिकाको यात्रा गरेर भारत फर्केका छन्। यस अवधि भारत-अमेरिका सम्बन्धमा थप निकटता सम्भव भएको छ। -हिस