जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः युनाइटेड भूटिया बस्ती एफसी-को रोमाञ्चक जीत

photocollage_202362617159362.jpg

२६ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा युनाइटेड भूटिया बस्ती फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा सोमवार खेलिएको म्याचमा युनाइटेड भूटिया बस्ती एफसी-ले युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट लोबेन तामाङ र सैलेश देवानले गोल गरे। यसरी युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबबाट बिशेष राईले गोल गरे। म्याचमा रेफरीको भूमिका छेडुप यल्मोले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा रेमण्ड तामाङ र पवन थामी रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement