चालकसहित अपहरण काण्डमा प्रयोग गरेको नम्बरविहिन वाहन उद्धार

IMG-20230626-WA0242.jpg

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले प्रभाकर सिंह अपहरण काण्डको पर्दाफास गर्दै अपहरण गरेको लगभग १२ घण्टाको अवधिमा नै अपहरण भएका व्यक्ति प्रभाकर सिंहलाई सुरक्षित उद्धार गर्न सफल भएको छ। यसको साथै पुलिसले यस काण्डको लगभग ४८ घन्टाको अवधिमा नै अपहरण काण्डमा प्रयोग गरेको नम्बरबिहिन वाहन (ईक्को स्टार भ्यान) सहित चालकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका चालक जावेद शेख (२६) हुन्। तिनी भक्ति नगर थाना इलाका निवासी रहेको बताइएको छ। पुलिसले आरोपी जावेद शेखलाई अपहरण मामिलाको आरोपमा पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेर हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी संलग्न इलाकाबाट नै गत अबेर राति एसओजी, डीडी अनि प्रधान नगर थानाको एउटा टीमले अभियान चलाएर व्यवसायी प्रभाकर सिंहलाई अपहरण गरेर जुन गाडीमा हालेर लगेको थियो। त्यो गाडी फेला पारेको छ। यसको साथै गाड़ीको चालक तथा अपहरण काण्डको एकजना सदस्य जावेद शेखलाई पनि पक्राउ गरेको छ। अपहरण काण्डबारे गाड़ी चालक जावेदलाई सोधखोज गर्दा पुलिसलाई केही महत्वपूर्ण जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement