अदुवाको वाहनमा लागू औषधीको तस्करी, एक पक्राउ

Hand-Cuff-3-5

बरपेटा: करीमगंजबाट अदुवा लिएर गइरहेको एउटा वाहनबाट लागू औषधीको तस्करीको पर्दाफास भएको छ। बरपेटा जिल्लाअन्तर्गत बरपेटारोडको शिमलागढीमा बाक्सा जिल्ला पुलिसले वाहनबाट ब्राउऩ शुगर बरामद गरेको छ। पुलिसका अनुसार, करीमगंजबाट एउटा मिनी ट्रक अदुवा लिएर गइरहेको थियो। ट्रकमा लागू औषधी लुकाएर बारपेटारोड लगिरेहको जानकारी बाक्सा पुलिसले पाएको थियो। शिमलागढी थाना प्रभारी कुमुद शर्माको मद्दतले शालबाड़ी उपमण्डल पुलिस अधिकारी नीलोत्पल सैकियाको नेतृत्वमा पुलिसले छापा मारेको वाहनबाट १७ वटा साबुनदानीमा लुकाएर ल्याइएको ब्राउन शुगर बरामद गऱ्यो। पुलिसले ड्रग्स तस्करीको आरोपमा बरपेटारोड छेउ पूर्वी जाखलीबिल पाथर गाउँ निवासी रेजाउल इस्लामलाई पक्राउ गरेको छ। पुलिसका अनुसार, तस्कर यसअघि पनि लागू औषधीको कारोबारमा जेल गइसकेको छ। यद्यपि, पुलिसको अभियानबीच वाहन चालक भाग्नमा सफल रह्यो। आज जफत गरिएको लागू औषधी पुलिसको लागि ठूलो सफलता बताइँदैछ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी तस्करसित सोधपुछ गरिरहेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement