पानीको महिमा सुनाएर मान्छेको तिर्खा मेटिँदैन: डा. जेपी अग्रवाल
गान्तोक: २१औं सताब्दीको विकशित मानिस हौं भन्नु वास्तवमा भूल हो हामी समाजमा विभिन्न सामाजिक, धार्मिक अनुष्ठान गर्छौं,तर आज समाजमा अप्राकृतिक घटना किन घट्छ? युवाहरु कुन दिशातर्फ लागिरहेछ? सभ्य समाज भएरपनि युवा अकाल मृत्युलाई अंगाली रहेछन? यसको एकमात्र रोकथाम आध्यात्मद्वारा छ। मानवको मन केवल आत्माज्ञानद्वारा मात्र सम्भव छ। पानीको महिमा सुनाउने समाजमा धेरै हुन्छन तर समाजलाई पानी पिलाउने चाहिएको छ। उक्त बिचार मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय ग्रीष्मकालीन शिविरका स्रोत वक्ता डा जेपी अग्रवालले व्यक्त गरेका हुन्। तीन दिवसीय सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई भौतिकी विकाससंगै आध्यात्मिक विकाशको जरूरी छ र त्यो मानव उत्थान सेवा समितिको प्लेटफर्मबाट दिने उल्लेख गरे। आजको समापन शिविरमा बिहान ५ बजेदेखि ७ बजेसम्म सन्त-महात्माद्वारा भजन ध्यान,साधना गराए भने उत्तर पूर्वाञ्चल क्षेत्र प्रान्त प्रभारी बिष्णु प्रधानले योग साधनमाथि विशेष प्रशिक्षण गराएका थिए। यसरी नै बिहान ७:३० देखि ९:३० बजेसम्म ठाकुरबाड़ी मन्दिरबाट शोभा यात्रा निकालेर तिब्बत पथ, जिरो पोइन्ट, पुरानो अस्पताल लालबाज़ार, ठाड़ोलाइन, पुरानो सदर थाना भएर फेरि ठाकुरबाड़ी मन्दिरमा आएर समाप्त भयो। यात्रामा सद्भावनाको प्रतीक विभिन्न प्लेकार्ड बोकेर शान्तिको संदेश दिने कोशिश गरिरहेको थियो भने सन्त-महात्मागणले पनि यात्रामा सहभागिता जनाएका थिए। कार्यक्रमको दोस्रो चरणमा प्रनिशा राई (सिक्किम मण्डल), शिशिर भगत (डुवर्स मण्डल) र सुष्मिता विश्वकर्मा (दार्जीलिङ मण्डल) ले तीन दिवसीय शिविरमा उपस्थित हुनुको अनुभव साझा गरेका थिए। श्रुति योञ्जन, श्रावणी छेत्री र अतिक्षा प्रधानलाई पनि उनीहरुको विभिन्न क्षेत्रमा योगदानका लागि अंगवस्त्र र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। समापन समारोहमा गान्तोक तहसीलका बाल सभाका नानीहरूद्वारा देशभक्तिमा आधारित भक्तिगीत प्रस्तुत गरेका थिए भने भजन कलाकारहरूद्वारा सामुहिक भजन प्रस्तुत गरेको थिए। समापन शिविरलाई उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्ष महात्मा अदिना बाईजी र महात्मा अबोध बाईजीले पनि सम्बोधन गरेकी थिईन। कार्यक्रमको सञ्चालन हाङजीत लिम्बूले गरेका थिए भने धन्यवाद ज्ञापन प्रवीण गुरूङले गरेका थिए। युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय ग्रीष्मकालीन युवा जागरण शिविरमा सिक्किम राज्य लगायत दार्जीलिङ, तराई,डुवर्सगरि पाँचसय युवाले भाग लिएका थिए। तीनै मण्डलबाट कार्यकर्ताहरूको पनि विशेष उपस्थिति रहेको थियो।