उत्तर दिनाजपुरः पश्चिम बंगालमा पञ्चायत चुनाउलाई लिएर हिंसा जारी छ। आइतवार भाजपा उम्मेदवारको घर सामू बम फ्याँकिएको खबर आएको छ। तृणमूल कांग्रेसले बम फ्याँकेको भाजपाले आरोप लगाएको छ। यद्यपि, तृणमूलले आरोपलाई बेबुनियाद बताएको छ। बमबारीको घटना आइतवार इटाहारको सुरान अञ्चलको पलाइबारी गाउँमा घटेको हो।
भाजपा उम्मेदवार निर्मल चन्द्र दासले आरोप लगाए, आज उनको घर सामू तृणमूलका बदमाशहरूले बम फ्याँके। बमको आवाजले पूरा क्षेत्र थर्कियो। यति मात्र होइन केही दिनअघि तृणमूलका बदमाशहरूले उनको घरमा तोड़फोड़ पनि गरेका थिए। यद्यपि, इटाहार पञ्चायत समितिका तृणमूल कांग्रेस उम्मेदवार निरेशचन्द्र दासले यस आरोपलाई पूर्ण रूपमा खारेज गरे। उनले भने, यस घटनामा तृणमूलको कुनैपनि हात छैन। क्षेत्रमा भय फैलाउनका लागि भाजपाले आफै बम फ्याँकेको हो।
-हिस